विदेशी सम्बन्धनका कलेजविरुद्ध अनेरास्ववियुको कडा आक्रमण! ‘विद्यार्थी ठगी रोकिएन भने आन्दोलन’ — सरकारलाई अल्टिमेटम

विदेशी सम्बन्धनका कलेजविरुद्ध अनेरास्ववियुको कडा आक्रमण! ‘विद्यार्थी ठगी रोकिएन भने आन्दोलन’ — सरकारलाई अल्टिमेटम

काठमाडौं, पुस १५ — विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरूले विद्यार्थीको भविष्यसँग खुलेआम खेलबाड गरिरहेको आरोप लगाउँदै अनेरास्ववियुले सरकारलाई तत्काल कडा कदम चाल्न चेतावनी दिएको छ।

अनेरास्ववियु अध्यक्ष दीपक धामी नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाउँदै भनेको छ— “शिक्षाको नाममा लुट मच्चिएको छ, अब चुप लाग्दैनौँ।”

‘फाउन्डेसन कोर्स’देखि ‘टपअप’सम्म— ठगीको जाल!

अनेरास्ववियुको दाबीअनुसार १०+२ पछि पढ्न सकिने विषयलाई ‘फाउन्डेसन कोर्स’ को नाममा घुमाएर पढाइने, दुई वर्षे डिप्लोमालाई अन्तिममा ‘टपअप’ गराएर पैसा असुल्ने जस्ता अभ्यासले विद्यार्थी आर्थिक र मानसिक रूपमा पीडित छन्।

दि ब्रिटिश कलेजसहित कयौँ कलेज निशानामा

तीन वर्षे स्नातकलाई चार वर्ष र एक वर्षे स्नातकोत्तरलाई दुई वर्ष बनाइ अवैध रूपमा शुल्क असुलिएको आरोप लगाउँदै अनेरास्ववियुले दि ब्रिटिश कलेजलगायत मापदण्ड नपुगेका कलेजको दर्ता तत्काल खारेज गर्न माग गरेको छ।

मुख्य मागहरू के-के छन्?

  • विदेशी सम्बन्धनका कलेजका लागि स्पष्ट कानुनी व्यवस्था

  • सबै विवरण विश्वविद्यालय अनुदान आयोग (UGC) मा अनिवार्य दर्ता र वार्षिक अपडेट

  • कम्तीमा १०% निःशुल्क छात्रवृत्ति, नामावली सार्वजनिक

  • सबै कलेजले QAA अनिवार्य प्राप्त गर्नुपर्ने

  • शुल्क नेपाली विश्वविद्यालयसरह निर्धारण

  • कम्तीमा १०% विदेशी विद्यार्थी र अध्यापक अनिवार्य

  • विदेशी विश्वविद्यालय विश्व वरियताको टप १००० भित्र पर्नुपर्ने

चेतावनी: माग सुनिएन भने आन्दोलन!

अनेरास्ववियुले स्पष्ट शब्दमा चेतावनी दिएको छ—
“मागहरू तुरुन्त सम्बोधन नभए चरणबद्ध आन्दोलन सुरु हुन्छ।”

शिक्षा सुधार कि शिक्षा व्यापार?
यो बहस अब सडक र संसद दुवैतिर चर्किने संकेत देखिएको छ।


✍🏻✍🏻📸📸: Nabaraj Pathik