नेकपा (एमाले)को एघारौँ महाधिवेशनपछि उब्जिएका अनुत्तरित प्रश्नहरू (एक शाब्दिक शल्यक्रिया)
नेकपा (एमाले)को एघारौँ महाधिवेशनपछि उब्जिएका अनुत्तरित प्रश्नहरू (एक शाब्दिक शल्यक्रिया)
डा. विजय दत्त
ई.स. १९४९ (वि.सं. २००६) मा भारतको कलकत्ता (श्याम बजार)बाट क. पुष्पलालले स्थापना गरेको नेकपा (एमाले) आज ७६ वर्षको यात्रामा छ। क्याडर–आधारित, वैचारिक रूपमा अनुशासित र जनआन्दोलनको लामो इतिहास बोकेको यो पार्टी अहिले “युवाबुढ्यौली” को अवस्थामा पुगेको देखिन्छ। २०८२ साल भने एमालेका लागि सहज देखिँदैन। नेपाली कांग्रेस र मधेश–आश्रित दलहरूको समर्थनमा अध्यक्ष खड्गप्रसाद ओलीको नेतृत्वमा बनेको दुईतिहाइको शक्तिशाली सरकार, भदौ २३ गते भएको युवापुस्तामाथिको सामूहिक नृशंस हत्यापछि, भदौ २४ मै सत्ता–च्युत हुन पुगे। राज्यसत्ताबाट बाहिरिनु मात्र होइन, सेनाको आश्रय खोज्नुपर्ने अवस्थाले पार्टीको राजनीतिक र नैतिक धरातलमाथि गम्भीर प्रश्न खडा गर्यो।
यही पृष्ठभूमिमा सम्पन्न एघारौँ महाधिवेशनले नेतृत्व त चयन गर्यो, तर दिशाबोध दिन सक्यो कि सकेन—यही नै आजको केन्द्रीय प्रश्न हो।
१. *प्रतिनिधि छनोटमा ५३ प्रतिशत सहभागिहीनता*
महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा ५३ प्रतिशत सदस्यको अनुपस्थिति सामान्य तथ्य होइन।
यो राजनीतिक उदासीनता हो कि संगठित असन्तुष्टि वा मौन बहिष्कार?
जिल्ला र प्रदेश तहमा पार्टीप्रति भरोसा खस्किँदै गएको संकेत त होइन?
क्याडर–आधारित पार्टीमा आधा भन्दा बढी सदस्य प्रक्रियाबाहिर रहनु गम्भीर चेतावनी हो।
२. *एकपक्षीय प्रतिनिधि चयनको संस्कृति*
निर्वाचनभन्दा मनोनयन हाबी भएको अनुभूति कार्यकर्तामा फैलिएको देखिन्छ।
बहस, प्रतिस्पर्धा र वैचारिक संघर्षलाई “अवाञ्छित” ठान्ने प्रवृत्ति संस्थागत हुँदै गएको छैन?
३. *२२६३ प्रतिनिधिमा समेत अनुपस्थिति*
संख्या जुट्यो, तर वैचारिक सहभागिता किन कमजोर भयो?
प्रतिनिधित्व संख्यात्मक मात्र भयो कि गुणात्मक रूपमा शून्य?
४. *परिवर्तन र हस्तान्तरणप्रति असहजता*
पुस्तान्तरणप्रति डर किन?
नेतृत्व परिवर्तनलाई विद्रोह ठान्ने मनोविज्ञान किन बलियो हुँदैछ?
५. *मनि, मसल र म्यानुपुलेशन*
पार्टी संगठन हो कि निर्वाचन जित्ने मेसिन मात्र?
विचारभन्दा स्रोत बलियो हुने अवस्था पार्टीकरणको गहिरो संकट होइन?
६. *ओली खेमापछि ‘ईश्वर खेमाको’ कार्की ब्याङ्केट बैठक*
महाधिवेशनभित्रै अर्को महाधिवेशन किन आवश्यक पर्यो?
गुट अन्त्य होइन, गुट व्यवस्थापन मात्र भइरहेको त छैन?
७. *विजयी खेमाको उत्तेजक अभिव्यक्ति*
विजयलाई उदारता होइन, अहंकारमा बदल्ने संस्कार
“विजयी नै अन्तिम सत्य” भन्ने भ्रमले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँदैन?
८. *अनुभवी नेताहरूको क्रमिक बहिर्गमन*
अनुभवलाई बोझ ठान्ने राजनीति
पार्टीको institutional memory को आत्महत्या होइन?
९. *लोकतान्त्रिक निर्वाचनप्रति अनास्था*
निर्विरोध चयनलाई गौरव ठान्ने गलत प्रवृत्ति
“निर्वाचन = अस्थिरता” भन्ने बुझाइ कहाँबाट आयो?
१०. *पार्टीभित्र हुकुमीकरण*
विचार होइन, आदेश चल्ने संरचना
‘केन्द्रीयता’ र ‘केन्द्रिकरण’ बीचको सीमारेखा मेटिँदै गएको यथार्थ
११. *वैचारिक बहसको मृत्यु*
समाजवाद, जनवाद, राष्ट्रवाद—नारामा सीमित
नीति होइन, नेता–केन्द्रित व्याख्या हाबी
१२. *युवा पुस्ताको सीमित भूमिका*
युवालाई नेतृत्व होइन, ‘झोला बोक्ने’ तहमा सीमित गर्नु
युवामा राजनीतिक भविष्यप्रति गहिरो निराशा
१३. *महिला सहभागिता : अति न्युन संख्या छ, शक्ति छैन*
प्रतिनिधित्व प्रतीकात्मक
निर्णय तहमा वास्तविक पहुँचको अभाव
१४. *आलोचनालाई द्रोह ठान्ने संस्कार*
आन्तरिक आलोचक = बाह्य शत्रु
प्रश्न सोध्ने अधिकार क्रमशः समाप्त हुँदै,बोल्यो कि पोल्यो ।
१५. *पार्टी र राज्यबीचको धमिलो सीमारेखा*
पार्टी हित = राष्ट्रिय हित भन्ने खतरनाक समिकरण
सत्ताकेन्द्रित राजनीति हाबी
१६. *जनआधार विस्तार होइन, व्यवस्थापन*
कार्यकर्ता मतदाता होइन, कार्यसूची जस्ता
जनसंवाद कमजोर हुँदै
१७. *इतिहासबाट पाठ नलिनु*
विगतका विभाजन र संकटबाट किन शिक्षा लिइएन?
१८. *स्थायित्व’ को नाममा जडता*
स्थायित्व = नेतृत्व स्थायी भन्ने भ्रम
विचार स्थिर, समाज गतिशील—यो अन्तरविरोधको समाधान कहाँ?
१९. *तीन महिनामै विधान संशोधन*
पराजयको त्रासले आफ्नै नेतृत्वमा फेरि पुरानै विधान फर्किनु
१५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी संरचना पुनः लागू
यो आत्मविश्वास हो कि असुरक्षा?
२०.*बौद्धिक वर्गवििहिनता-उदासीनता*
समाज र राष्ट्रकालागि अत्यन्तै महत्त्वपूर्ण मानिने सुदृढ पिलर बौद्धिक वर्ग या उदासीन रहेको छ या त पाखा पारिएको अवस्थामा रहेको छ । यसले उचित बोल्यो कि पोल्यो को यथार्थता रहेको छ ।
२१. *चरम घेराबन्दी*
महाधिवेशनभन्दापुर्वकै अवस्थामा चरम घेराबन्दीको संकट छ । यसलाई हटाउनुपर्ने नै हुन्छ ।
*निष्कर्षात्मक प्रश्न* : गणना र सन्देश
सांख्यिक गणना
कुल संगठित सदस्य : ६,६७,००० भन्दा बढी
सहभागी (४७%) : ३,१३,४९०
असहभागी (५३%) : ३,५३,५१०
अर्थात् बहुसंख्या प्रक्रियाबाहिर।
संगठनात्मक सन्देश
एमाले जस्तो क्याडर–आधारित पार्टीका लागि
केवल ३ लाख सक्रिय देखिनु गम्भीर चेतावनी संकेत होइन?
राजनीतिक अर्थ
आधा भन्दा बढी सदस्य निष्क्रिय
“निर्णयमा हाम्रो भूमिका छैन” भन्ने मनोविज्ञान बलियो
नेतृत्व र ग्रासरुटबीच दूरी बढ्दै गएको स्पष्ट संकेत
*अन्तिम प्रश्न* (Ending Punch)
एमाले महाधिवेशनले नेतृत्व त दियो,
तर दिशाबोध पनि दियो त?
यदि पार्टीभित्रै लोकतन्त्र हरायो भने,
भोलि सत्तामा गएपछि त्यसलाई कसरी जोगाइन्छ?
भोलिका लागि
मेरो–तेरो, पक्ष–विपक्ष नभनी एकढिक्का हुनु
के यही नै अबको एकमात्र विकल्प होइन?
मुलुक आन्तरिक र वाह्य भुराजनितिक चपेटामा फंसेको छ यसलाई पनि नेतृत्व वर्गले समयमै गहनरुपमा सोच्नै पर्छ ।
तसर्थ,
*न अभाव न प्रभावमा न दबाबमा बाचौं ।
माटो र मुलुकको स्वभाविक संस्कारमा बाचौ* ।।



प्रतिकृया दिनुहोस्