‘बयान दिन्न, गोली ठोके हुन्छ!’ — ओलीको कडा चेतावनी
‘भ्यालिबाहिर जान्छु, सरकारलाई सोधिराख्न पर्दैन’
काठमाडौँ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगमा बयान दिन अस्वीकार गर्ने अडान दोहोर्याउँदै सरकार र आयोगलाई खुला चुनौती दिएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा अन्तर्वार्ताका क्रममा ओलीले आफू बयान दिन कुनै हालतमा नजाने स्पष्ट पारे।
‘निष्कर्ष पहिल्यै सुनाइसकेपछि बयान किन दिने?’
ओलीका अनुसार प्रधानमन्त्री र आयोगका अध्यक्षले छानबिन सुरु हुनुअघि नै सार्वजनिक रूपमा निष्कर्ष सुनाइसकेका छन्।
उनले भने,
“पहिल्यै निष्कर्ष सुनाइसक्नुभएको छ भने मैले किन बयान दिने? के विश्वासले दिने? जाँचैविना रिजल्ट निकालिसक्नुभएको छ भने म किन जाँच दिन जाने?”
सबैभन्दा चर्को अभिव्यक्ति
ओलीले बयान नदिएको कारण गोली हान्न पनि तयार भए हुन्छ भन्दै आक्रोश पोखेका छन्।
“बयान दिन मानेन भने गोली ठोके हुन्छ। आजीवन थुनिदिए हुन्छ। उहाँहरूसँग बन्दुक छ त! के सानातिना कुरा गरिराखेको?”
‘घरमै आए स्वागत गर्छु’
आयोगका अधिकारीहरू घरमै आए भने सम्मानपूर्वक स्वागत गर्ने ओलीले बताए।
“घर आउनुभयो भने सम्मानसाथ स्वागत गर्छु। चिया खुवाउँछु, कुरा गर्छु, अनि पठाउँछु।”
भ्यालिबाहिर जाने चेतावनी
ओलीले आवश्यक परे आफू काठमाडौँ उपत्यकाबाहिर जाने र त्यसका लागि सरकारसँग अनुमति नलिने स्पष्ट पारे।
“म भ्यालिबाहिर जान्छु। मेरो संवैधानिक अधिकार प्रयोग गर्न असंवैधानिक सरकारसँग सोध्नुपर्छ?”
निर्वाचन लड्ने अधिकारमा पनि जोड
“म काभ्रेबाट लड्छु, रामेछापबाट लड्छु, पर्वतबाट लड्छु। निर्वाचनमा आउ आउ भन्ने, फेरि जान पाइँदैन भन्ने?”
ओलीको यो अभिव्यक्तिले राजनीति थप तातिने संकेत
अब प्रश्न उठ्छ—
सरकार र आयोग ओलीको यो चुनौतीलाई कसरी लिन्छ?
बयान विवादले नयाँ राजनीतिक टकराव जन्माउने हो?
सबैको नजर अब ओलीको अर्को कदममा



प्रतिकृया दिनुहोस्