महाधिवेशनपछि पार्टीभित्र भूकम्प! ‘छुट्टै भेला’ ले आँखा बिझायो — प्रदीप ज्ञवालीको कडा चेतावनी

महाधिवेशनपछि पार्टीभित्र भूकम्प! ‘छुट्टै भेला’ ले आँखा बिझायो — प्रदीप ज्ञवालीको कडा चेतावनी

काठमाडौँ ।
हिँजो–अस्तिका दुई दृश्यले पार्टी राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। महाधिवेशन सकिए लगत्तै केही नेताहरूले गरेको छुट्टै भेला अपेक्षित नभएको भन्दै वरिष्ठ नेता प्रदीप ज्ञवालीले कडा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकाय भन्दै त्यसका निर्णयलाई अन्तिम नमानिने हो भने पार्टी अन्त्यहीन बहस क्लबमा सीमित हुने खतरा औँल्याएका छन्।

एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको मुख्य कारण नै नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठेका प्रश्न भएको स्मरण गराउँदै ज्ञवालीले महाधिवेशनले ती सबै प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरेको दाबी गरेका छन्।

महाधिवेशनपछिसमेत ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ को बाटो समाते पार्टी कहीँ नपुग्ने उनको चेतावनी छ।

तीन महिनाजस्तो छोटो अवधिमा पार्टीलाई एक बिन्दुमा ल्याउन सफल भएको उल्लेख गर्दै उनले अब बाँकी रहेका लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा मा सबै ऊर्जा केन्द्रित गर्नुपर्ने बताएका छन्।

यसैबीच, पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुन सक्ने अभिव्यक्ति दिएकोप्रति पनि ज्ञवालीले आश्चर्य व्यक्त गरेका छन्।
“आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमरायो?” — उनको प्रश्न अहिले सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ।

✍🏻 प्रदीप ज्ञवाली
(फेसबुक पोस्टबाट)