जेन–जीकै नाममा बनेको सरकार ढल्यो “अब सुशीला कार्कीको सरकारसँग नैतिक हैसियत छैन” – एमाले सचिव महेश बस्नेत

जेन–जीकै नाममा बनेको सरकार ढल्यो “अब सुशीला कार्कीको सरकारसँग नैतिक हैसियत छैन” – एमाले सचिव महेश बस्नेत

काठमाडौं, पुस ६ — नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्ण रूपमा नैतिकता गुमाइसकेको कडा आरोप लगाउनुभएको छ।
जेन–जी (Gen Z) को नाममा बनेको सरकारले नै जेन–जीलाई सडकमा उतार्न बाध्य पारेपछि सरकारको वैधानिकता समाप्त भएको उहाँको दाबी छ।

“जेन–जीको नाममा बनेको यो सरकारले अब नैतिक आधार गुमाइसकेको छ। दलहरू, नागरिक समाज र सबै पक्षको साझा पहलबाट मात्र जेन–जीको समस्या समाधान र देशको निकास सम्भव छ,” — बस्नेत


जेन–जी आन्दोलन संस्थागत, सरकार अपदस्त गर्ने घोषणा

जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा युवाहरूले सुशीला कार्की सरकार अपदस्त गरी सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनलाई औपचारिक रूपमा अघि बढाएका छन्।

ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी आन्दोलन’ घोषणा गरेको छ।
पहिलो कार्यक्रम:
माइतीघर मण्डला
भोलि बिहान ११ बजे


“सरकारले जेन–जीको आवाज बेवास्ता गर्‍यो”

भदौ २३–२४ मा भएको आन्दोलन र त्यसले उठाएका मागहरूलाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेको भन्दै जेन–जी समूह आक्रोशित बनेको छ।
सरकारले युवाको भावना, आवश्यकता र नेतृत्व क्षमतालाई बुझ्न नसकेको निष्कर्ष निकाल्दै आन्दोलनलाई अझ सशक्त बनाइने जनाइएको छ।


सर्वपक्षीय सरकार नै देशको निकास ?

जेन–जी समूहले समग्र युवाको नेतृत्व गर्न सरकार असफल भएको ठहर गर्दै,
सबै राजनीतिक दल, सामाजिक शक्ति र नागरिक समाजलाई विश्वासमा लिन सक्ने सर्वपक्षीय सरकार गठनको माग अघि सारेको छ।

देश गम्भीर मोडमा पुगेको भन्दै

“सबैलाई एकै ठाउँमा ल्याउन सक्ने नेतृत्व अहिलेको आवश्यकता हो”
भन्दै आन्दोलनलाई निर्णायक चरणमा लैजाने संकेत दिइएको छ। Source : Nabaraj Pathik