जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

सुर्खेत, ४ असोज    

​बीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६५ वर्षीयलक्ष्मी प्रसाद देवकोटा समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

​जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।