करिब ३ सय किलोग्राम गाँजा बरामद​

करिब ३ सय किलोग्राम गाँजा बरामद​

सुनसरी, १३ वैशाख

धरान उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले सुर्यमार्गको बाटो हुँदै कृषि बजार छिर्ने बाटोमा को.१ च ७३३५ नम्बरको स्कारपियो फेला पारी तलासी गर्दा पछाडीको सिटमा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।