आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ११ चैत

खलढुंगा, चिशंखुगढी गाउपालिका-१ गैरीगा बस्ने टेक बहादुर खत्रीको किराना पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा पसल, पसल भित्र रहेक किराना सामानहर, फ्रिज, नगद र सुनको गरगहना समेत र्णपमा जलेर रिब १० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तेह्रथुम, छथर गाउँपालिका-४ स्थित तिनघरे गाउनजिक रहेको फुलमाने सामुदायिनमा आइतबार बेलुकी लागेको आगो फैलिएर सोही ठाउँ बस्ने पर्ण बहादुर लिम्बुदल बहादुर लिम्बुको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर पूर्णरूपमा जलेर नष्ट भएको आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-५ सिङथाप बस्ने सन्तोष तामाङको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर, घर भित्र रहेक अन्तपात, भाँडार्तन, काठपात, सुनका गहना, नगद,मोबा, लगायतका सामानहरू जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरी, मनरा शिसवागरपालिका-९ बथनाहा बस्ने ५०वर्षीय श्याम सिंहको घरमा गए राति आगलागी हुँदा करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)