छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, फागुन

चितवन, रतपुर हानगरपालिका-१ पोखरा बसपार्क नजिकै तनहुँबाट दाङतर्फ जाँदै गरेको ग.१ ख ९९७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, तिलोत्तमा नगरपालिकाखरनगरस्थित सडकमा सर्भिस लेनमा रोकि राखेको लु.प्र.००१ख ०४६९ नम्बरको ट्रकमा लु.४९ प २१७२ म्बरको स्कुटर क्कर खाई मंगलबार राति दुर्घटना हुदा स्कुटर चालक कपिलस्तु,कपिलस्तु नगरपालिका१ तौलिहवा बस्ने १९ वर्षीय सिद्धार्थ चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिन प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रूपन्देही, तिलोत्तमा नगरपालिका५ मणिग्रामस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.५८ प २८३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सिद्धार्थ नगरपालिका बस्ने २३ वर्षीय राहुलक्षेत्रीको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि भारततर्फ पठाइएको छ ।

कवानपुर, बकैया गाउँपालिका-४ जुरेली बजारस्थित सडकमा हात्तिसुडेबाट ठुलोदमारतर्फ जादै गरेको बा.४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए रति दुर्घटना हुदा चालक सोही गाउँपालिका-४ बस्ने ४७ वर्षीय पक दियालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बकैया अस्पताल हुँदै हेटौडा अस्पतालमा थप उपचारको मृत्यु भएको हो ।

यसैगरमकवानपुर, मनहरी गाउँपालिका-७ रमनटारस्थित सडकमा .११ प ९६२८ नम्बरको मोटरसाइकललाबा.प्र.०३-००१ क ०८२७ नम्बरको ट्रकले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा कोल्वीगरपालिका-५ कवडी बस्ने ३४ वर्षीया सरिता देवी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकीउनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)