किरणको ऐतिहासिक घोषणा : संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु
काठमाडौँ —
जेन्जी आन्दोलनका अगुवा र युवा नेता रवि किरण हमालले पुनः एक दृढ र भावनात्मक सन्देश दिँदै देशभरका युवाहरूको मन छोएका छन्।
हमालले भने —
“मलाई जीवनभर जेलमा राखेर पनि जेन्जी विद्रोहका मुद्दा संविधानमा संस्थागत हुन्छन् भने तयार छु।
मेरै आँखाअघि ढल्ने भाइबहिनीहरूको आत्मा अझै शान्त हुन सकेका छैनन्।”
उनको यो शब्दले सामाजिक सञ्जालमा देशप्रेम, त्याग र परिवर्तनको ज्वाला पुनः प्रज्वलित गरिरहेको छ। हमालले स्पष्ट सन्देश दिएका छन् —
“हामीले जुन सपना देख्यौं, त्यो व्यक्तिगत स्वार्थको होइन, संस्थागत परिवर्तनको हो। अब नयाँ पुस्ताले देशको भविष्य लेख्ने समय आएको छ।”
राजनीतिक विश्लेषकहरूका अनुसार, हमालको यो अभिव्यक्तिले आन्दोलनलाई संवैधानिक रूपान्तरण र संवादको बाटोमा लैजाने संकेतगरेको छ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. नारायण पौडेलले लेखेका छन् —
“प्रिय रवि जी, तपाईं सच्चा र विश्वासयोग्य नेता हुनुहुन्छ। धैर्यवान र शान्त रहनुहोस्, स्वास्थ्यको ख्याल राख्नुहोस्।”
हमालको यो ऐतिहासिक प्रतिबद्धताले देशभरका युवाहरूमा जिम्मेवारी, सहानुभूति र आशाको नयाँ ज्योति बालेको छ।
देशले परिवर्तन चाहेको छ — र युवाहरू तयार छन्।



प्रतिकृया दिनुहोस्