आगलागीबाट दुई स्थानमा धनमाल जलेर नष्ट

आगलागीबाट दुई स्थानमा धनमाल जलेर नष्ट

काठमाडौं, ९ कात्तिक —

देशका दुई विभिन्न स्थानमा भएको आगलागी घटनामा ठूलो धनमाल जलेर नष्ट भएको छ।

खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी बतासेमा बस्ने केश बहादुर राईको मतान घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

त्यसैगरी बागलुङको निसिखोला गाउँपालिका–१ पाखापानीमा बस्ने ३५ वर्षीय होम बहादुर विकको घरमा शनिबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

प्रहरी र स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा ल्याइए पनि ठूलो भौतिक क्षति भएको बताइएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।