चट्याङ लागेर मृत्यु​

चट्याङ लागेर मृत्यु​

उदयपुर, २३ वैशाख

कटारी नगरपालिका-८ झाक्रिखोला फलबारी बस्ने मान बहादुर मगरको छोरा १२ वर्षीय चित्र बहादुर मगरको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थि जंगलमा बाख्रा चराउने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।