एमालेको महाधिवेशनमा ऐतिहासिक ‘समावेशी – ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचनाले बनायो नयाँ कीर्तिमान

एमालेको महाधिवेशनमा ऐतिहासिक ‘समावेशी – ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचनाले बनायो नयाँ कीर्तिमान

काठमाडौं, मंसिर २८ — नेकपा (एमाले) को ११ औँ महाधिवेशनले पार्टी राजनीतिमा नयाँ अध्याय खोल्ने संकेत दिएको छ। बन्दसत्रमा प्रस्तुत प्रस्तावअनुसार एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दै महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रको ऐतिहासिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ।

१९ पदाधिकारीसहित शक्तिशाली नेतृत्व संरचना
प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा

  • अध्यक्ष: १

  • उपाध्यक्ष: ५

  • महासचिव: १

  • उपमहासचिव: ३

  • सचिव: ९

सबै ८ प्रदेशबाट बराबर प्रतिनिधित्व
उपत्यकासहित ८ वटै प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
प्रत्येक प्रदेशबाट:

  • ५ खुल्ला

  • ३ महिला

  • १ युवा

खुल्ला कोटामै महिला–युवाको बलियो उपस्थिति
खुल्ला कोटाबाट १२५ जना चयन हुनेछन्, जसमा

  • ७१ खुल्ला

  • ५२ महिला

  • २ युवा

समावेशीताको स्पष्ट सन्देश

  • आदिवासी–जनजाति: २५

  • मधेसी: १९

  • दलित: १२

  • थारु: ८

  • मुस्लिम: ५

  • श्रमिक: ३

  • अपाङ्गता भएका व्यक्ति: १

  • पिछडिएको क्षेत्र: २

  • सम्पर्क समन्वय कमिटी: २

  • प्रवास (भारत र अन्य देश): २

एमाले संगठ विभाग सचिव माधव ढुंगेलका अनुसार,
“यो संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको बलियो आधार तयार गर्छ।”

राजनीतिमा समावेशीताको नयाँ मापदण्ड?
एमालेको यो कदमले अब नेपाली राजनीतिमा समावेशी नेतृत्व नारा होइन, संरचना हो भन्ने सन्देश दिएको छ।