नेपालका टुहुरा बालबालिकाको जीवनमा उज्यालो—नवजागृति चण्डी माविले पायो अन्तर्राष्ट्रिय समर्थन
गोरखा ||ठाँटी खबर|| – नेपाली बालबालिकाको भविष्य उज्यालो बनाउने उद्देश्यले Solidarity to Nepali People का अध्यक्ष तथा श्री नवजागृति चण्डी मावि का संरक्षक अभिभावक श्री दिपक भट्ट र President of Jayandra ASBL Belgium का अध्यक्ष Michael Flock ले देखाएको उदारता अहिले सबैको ध्यान खिचिरहेको छ।
एकै पटक २४ जना अनाथ तथा टुहुरा विद्यार्थीहरूलाई प्रति विद्यार्थी मासिक रु. ८,००० को दरले आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि प्रदान गरिएको यो सहयोग जम्मा रु. १,९२,००० सम्बन्धित अभिभावक तथा अभिभारा व्यक्तिहरूको उपस्थितिमा औपचारिक रूपमा वितरण गरिएको विद्यालयले जनाएको छ।
स्थानीय समुदायदेखि सामाजिक संजालसम्म, यो कदमले निकै सकारात्मक प्रतिक्रिया पाएको छ। धेरैले विदेशमा बसेका नेपाली एवं अन्तर्राष्ट्रिय व्यक्तिहरूले देखाएको मानवता र सहानुभूतिलाई प्रेरणादायी भनेर प्रशंसा गरेका छन्।
विद्यालय प्रशासनका अनुसार, प्राप्त रकम विद्यार्थीहरूको पोषण, शिक्षा सामग्री, वेशभूषा तथा आधारभूत आवश्यकताहरूमा खर्च गरिनेछ।
दिपक भट्टको भनाइ:
“अनाथ बालबालिकाको भविष्य सुरक्षित गर्नु हाम्रो सामूहिक दायित्व हो। आजको सानो सहयोगले भोलिको ठूलो अवसर निर्माण गर्छ।”
Michael Flock (Belgium):
“नेपालसँगको हाम्रो सम्बन्ध निकै आत्मिय छ। यी बालबालिकाहरूको उज्वल भविष्यका लागि सहयोग गर्न पाउँदा हामी गर्वित छौँ।”
यस हृदयस्पर्शी पहलले देश–विदेशमा बस्ने नेपालीहरूलाई अझै धेरै मानवीय कार्यमा जोड्ने विश्वास गरिन्छ।
तपाईंले पनि शेयर गर्न नबिर्सनुहोस्। सन्देश फैलाउनुहोस्—मानवता फैलाउनुहोस्।



प्रतिकृया दिनुहोस्