टोखामा लागुऔषधसहित दुई युवक पक्राउ

टोखामा लागुऔषधसहित दुई युवक पक्राउ

काठमाडौं, २५ कात्तिक ।

राजधानीको टोखा नगरपालिका–६, ग्राण्डी क्षेत्रमा प्रहरीले सोमबार राति अवैध लागूऔषध “खैरो हेरोइन” जस्तो देखिने पदार्थसहित दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ परेका छन् —
२८ वर्षीय बिसाल पाठक, झापा घर भई हाल बसुन्धारामा डेरा गरी बस्ने, र
२१ वर्षीय ईमान महमद, झापा मेचीनगर नगरपालिका–१०का बासिन्दा।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई करीब ५ ग्राम “खैरो हेरोइन” सहित नियन्त्रणमा लिएको हो।


प्रहरीको भनाइ

प्रहरीका अनुसार, दुबै जना काठमाडौंमा लागूऔषध बिक्री र वितरणमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ।