सञ्चारमन्त्री जगदीश खरेल कोरिया प्रस्थान

सञ्चारमन्त्री जगदीश खरेल कोरिया प्रस्थान

काठमाडौँ, २५ कात्तिक ।
नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने **११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’**मा सहभागी हुन आज साँझ ७ः३० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको छ।

यस फोरममा विश्वका अग्रणी देशका मन्त्री, नीति–निर्माता र प्रविधि विज्ञहरु सहभागी हुनेछन्।
फोरम कोरियाको विज्ञान तथा आइसीटी मन्त्रालय (MSIT) र **नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (NIA)**को संयुक्त आयोजनामा कात्तिक २६ गते हुँदैछ।

मन्त्री खरेलका साथमा उहाँका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खरेललाई मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले विदाइ गरेको हो।


फोरमका प्रमुख विषयहरू:

  1. Digital & AI Transformation: Strategies and Challenges

  2. Global Cooperation for a Sustainable Digital Future

यस अन्तर्राष्ट्रिय मञ्चमा नेपालसहित भुटान, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओस, भियतनाम, काजकिस्तान, मंगोलिया र उज्बेकिस्तानका मन्त्री र वरिष्ठ नीति–निर्माताहरू सहभागी हुनेछन्।
कार्यक्रममा संयुक्त राष्ट्रसंघको ESCAP र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको पनि सहभागिता रहनेछ।


 नेपालका लागि ठूलो अवसर!

फोरममा सहभागीता मार्फत नेपालले डिजिटल ट्रान्सफर्मेसन, एआई नीति निर्माण, र दिगो डिजिटल भविष्यका लागि नयाँ साझेदारी र रणनीति विकास गर्ने अपेक्षा गरिएको छ।

मन्त्री खरेल कात्तिक २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।