*छठ महाव्रत*:*श्रम,प्रकृति तथा चेतनाका पन्चतात्विक संगम*

*छठ महाव्रत*:*श्रम,प्रकृति तथा चेतनाका पन्चतात्विक संगम*

*छठि मइया कृपा करथिन* *सुख-समृद्धि देथि अपार*,

*सूर्य अरघ सं पूजए सब, मंगल होइ संसार*।

छठ पर्व वैदिक सनातनीहरूको पवित्र महाव्रत हो। सूर्यदेवको आराधना गर्दै प्रकृति, जल र जीवनसँगको गहिरो सम्बन्धलाई सम्मान गर्ने पर्व हो। वेद, पुराण र अन्य ग्रन्थहरूमा सूर्य आराधनाको महत्त्व उल्लेख छ, जसले स्वास्थ्य, दीर्घायु र समृद्धि दिन्छ।
छठ पर्वमा व्रतीहरू चार दिनसम्म व्रत र शुद्धता पालना गर्छन्। यस व्रतले मानव जीवनमा संयम, आत्मशुद्धि र भक्ति–समर्पणको संदेश दिन्छ।

सूर्य आराधनाका मन्त्रहरू:
ॐ सूर्याय नमः – सूर्यदेवको नमस्कार।
ॐ आदित्याय नमः – आदित्यको आराधना।
ॐ तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् – ज्ञान र विवेकको प्रकाशको लागि गायत्री मन्त्र।

*धार्मिक र सांस्कृतिक महत्त्व*…..

*अरघ देथि सांझ-भोर, गीत गाबथि नारी*
*छठि मइया कृपा करथिन, भरि देथि घरद्वारी*।।
*पोखैर-नदी श्रृङ्गारमय हरषित सभ संसार*
*भक्ति, प्रेम, पवित्रतासं, जगमग भेल अपार*।।
शरद ऋतुमा विजयादशमी,कोजाग्रत पुर्णिामा ,दिपावली,गाईपुजा,भाईपुजा र चित्रगुप्त पुजनपछि पृथ्वीका सम्पुर्ण जीव-जगतका उर्जाश्रोत आदित्यको पुजन षष्ठी र सप्तमीका तिथिमा हुने गर्छ । हुनत:यो व्रत चतुर्थी देखि नै नहाए-खाए,खरना,सन्ध्याकालीन र प्रात:कालिन अर्ग्य प्रदानगरि उपासनागरि समापन हुने गर्छ ।
नेपाल,भारत,युरोप,अमेरिका,अष्ट्रेलिया,एशियाका विभिन्न देशहरूमा आदित्यको आराधना बडो स्वच्छता,पवित्रताका साथ स्वस्फूर्तरुपमा वैदिक सनातनीहरुले अत्यन्तै हर्षोल्लासका साथ पुजा अर्चना गर्ने गरिन्छ । छठि पर्वले धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतना जगाउँछ।

सूर्यको पूजा र छठि माताको आराधना मानव जीवनमा अनुशासन र नैतिक मूल्यहरू सिकाउँछ। लोकगीत, भजन, कथा, नृत्य र परम्परागत पोशाकले सांस्कृतिक पहिचानलाई संरक्षण गर्छ। छठमा सामाजिक मेलमिलाप र सामुदायिक एकता पनि प्रबल हुन्छ।

*सांस्कृतिक मन्त्र उदाहरण*:
ॐ व्रतायै नमः – व्रत र शुद्धताको महत्त्व व्यक्त गर्न।

*सामाजिक र समानतामूलक पक्ष*
छठ पर्व सबै जाति, वर्ग र लिङ्गका मानिसलाई समान रूपमा सहभागी गराउँछ। व्रत र अर्घ्यको प्रक्रिया समुदायमा सहयोग, सेवा र समानताको भाव बढाउँछ। महिलाहरूको सक्रिय सहभागिताले लैङ्गिक समानतामा योगदान पुर्याउँछ।

*मन्त्र*…..
ॐ मातृदेवायै नमः – मातृ शक्ति र प्रकृतिप्रति श्रद्धा।

*आर्थिक महत्त्व*
पर्वमा स्थानीय उत्पादन, फलफूल, परिकार र सामग्रीको माग बढ्छ, जसले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउँछ।
धार्मिक मेलाले क्षेत्रीय आर्थिक गतिविधिलाई उत्प्रेरित गर्छ।

*पर्यावरणीय र जल संरक्षण सम्बन्धी महत्त्व*

छठ पर्वले नदी, खोला, पोखरी, तालको सफाइ र संरक्षणमा जनचेतना जगाउँछ। व्रतीहरू अर्घ्य दिने क्रममा नदी, ताल, पोखरी सफा राख्न प्रेरित हुन्छन्।
जल स्रोतको पवित्रता कायम राख्ने, प्रदूषण घटाउने र दिगो पर्यावरणीय अभ्यासलाई बढावा दिने पर्व हो।
*जल संरक्षण सम्बन्धी मन्त्रहरू:*
ॐ जलधारायै नमः – जल स्रोत र प्राकृतिक प्रवाहको सम्मान र संरक्षण-

*छठ पर्वमा पञ्चतत्वको दर्शन र प्रयोग कसरी हुन्छ* ?
वैदिक सनातन परम्परामा छठ पर्व अद्वितीय पर्व हो ।
यो केवल धार्मिक व्रत होइन, मानव–प्रकृति–परमात्मा बीचको गहिरो सम्बन्धको प्रतीक हो ।
सूर्यदेवको आराधनासँगै यो पर्व पञ्चमहाभूत — क्षिति (पृथ्वी), जल, पावक (अग्नि), गगन (आकाश), समिर (वायु) — को सजीव साधना हो ।
ऋग्वेदमा भनिएको छ —
सूर्यो अतप्यत तपसा पुनातु माम्।”
(सूर्यको तापले समस्त जीव र जगत् पवित्र होस् ।)
*छठ पर्व यसै तप, संयम प्रकृति–पूजाको दर्शन हो*।

१. *क्षिति तत्व* (पृथ्वी – माटो)
छठको व्रत पृथ्वीको गोदमा सुरु हुन्छ । व्रतालुहरूले माटोको चुल्होमा प्रसाद पकाउँछन्, माटोका कलश, दीया, घैला र ठेकुवा–थाली प्रयोग गर्छन् ।
घाट माटोले नै तयार पारिन्छ — जसले पृथ्वीमाताको साक्षी बनाउँछ ।
संस्कृत उद्धरण :
पृथ्वी माता स्थिरा धृतिः।” (अथर्ववेद १२.१.१२)
पृथ्वी माता हुन्, स्थिरता र धैर्यको प्रतीक हुन् ।
अर्थ :
क्षिति तत्वले मानवलाई स्थायित्व, सहनशीलता र मातृत्वको शिक्षा दिन्छ ।
छठमा पृथ्वीमातालाई नमन गर्दै व्रतालुहरू “माटो सँगै जीवन” भन्ने सिद्धान्त आत्मसात् गर्छन् ।

२. *जल तत्व* (पानी – जीवनको मूल)
छठको अर्घ्य जलमा उभिएर दिइन्छ । नदी, पोखरी वा जलाशयको सफाइ नै छठको पहिलो चरण हो ।
व्रतालुहरूले सूर्यको प्रतिबिम्बमा दीप प्रज्वलित गरी अर्घ्य चढाउँछन् ।

संस्कृत उद्धरण :
आपो हि ष्ठा मयोभुवाः।” (ऋग्वेद १०.९.१)
पानी नै सुख र जीवनदात्री हो ।
अर्थ :
जल तत्वले शुद्धता, प्रवाह र श्रद्धाको प्रतीक दिन्छ ।
जलमा उभिएर गरिएको आराधना मानव र प्रकृतिको मिलनको सर्वोच्च रूप हो ।

३. *पावक तत्व*(अग्नि – शक्ति र प्रकाश)
छठमा माटोको चुल्होमा गोबर वा काठको आगो बालेर प्रसाद बनाइन्छ ।
दीयो बालेर सूर्यको प्रकाशसँग एकाकार गरिन्छ ।
संस्कृत उद्धरण :
अग्निर्मूर्धा दिवः ककुत्।” (ऋग्वेद १.५९.१)
अग्नि आकाशको शिर हुन् — ऊर्जाको स्रोत र जीवनको प्रकाश हुन् ।

अर्थ :
पावक तत्वले ऊर्जा, ज्ञान र संकल्पको प्रतीक हो ।
छठमा अग्नि र सूर्य आराधनाको द्वन्द्व मिलनले प्रकाशमा जीवनको जागरण दर्शाउँछ ।

४. *गगन तत्व* (आकाश – अनन्त चेतना)
छठको पूजा खुला आकाशमुनि नै गरिन्छ ।
ना मन्दिरको बन्द ढोका, ना छानोको छाया — केवल आकाशको असीम फैलावट ।

संस्कृत उद्धरण :
आकाशं ब्रह्म।” (छान्दोग्य उपनिषद् १.९.१)
आकाश नै ब्रह्म, अनन्त चेतनाको प्रतीक हो ।
अर्थ :
गगन तत्वले विस्तार, अनन्तता र आत्मानुभूतिको प्रतिनिधित्व गर्छ । सूर्यलाई अर्घ्य दिँदा मन आकाशमा विलीन हुन्छ — आत्मा र ब्रह्मको एकाकार अनुभव हुन्छ ।

*समिर तत्व*(वायु – प्राणशक्ति)
छठ पूजा सधैं खुला वायुमण्डलमा हुन्छ ।
दीप, धूप, फुलको सुवास वायुमार्फत फैलिन्छ ।
व्रतालुहरूको श्वास–प्रश्वास वायुमा संयमित हुन्छ ।

संस्कृत उद्धरण :
“प्राणो वै वायुः।” (छान्दोग्य उपनिषद् ५.१.१)
वायु नै प्राण हो, जीवनको आधार हो ।
अर्थ :
वायु तत्वले सन्तुलन, चेतना र प्राणशक्ति जनाउँछ ।
छठमा प्राण, वायु र ध्यान — यी तीनैको सन्तुलनले अध्यात्मिक शुद्धि प्राप्त हुन्छ ।

*समग्र दर्शन* (Panchatattva in Harmony)
पञ्चतत्व मिलेर नै जीवनको पूर्णता हुन्छ ।

तत्व प्रतीक आध्यात्मिक अर्थ

क्षिति (पृथ्वी) माटो, स्थायित्व मातृत्व र धैर्य
जल (पानी) नदीनाला शुद्धता र प्रवाह
पावक (अग्नि) दीयो, चुल्हो ऊर्जा र संकल्प
गगन (आकाश) खुला पूजा चेतना र अनन्तता
समिर (वायु) वायुमण्डल ,प्राणशक्ति र सन्तुलन ।

छठ पर्वले शिक्षा दिन्छ कि “प्रकृतिसँग सन्तुलन राख्दा नै जीवन पवित्र हुन्छ।”

पञ्चतत्वको प्रयोग केवल धार्मिक विधि होइन,
यो वैज्ञानिक, पर्यावरणीय र आध्यात्मिक दर्शनको संगम हो ।
यस पर्वमा शरीर–मन–आत्मा प्रकृतिसँग लयबद्ध हुन्छन् ।
सूर्य, जल, माटो, वायु र आकाश — यी सबैसँगको सामञ्जस्य नै मानव अस्तित्वको असली प्रार्थना हो ।

*आधुनिक दृष्टिकोण*

सांस्कृतिक संरक्षण: परम्परा, गीत, भजन, पोशाक र लोककला जगेर्ना गर्नु ।
*सामाजिक सञ्जाल:* परिवार र समुदायको एकता, समानता, सहयोग र आपसी स्नेह।
*आर्थिक सशक्तिकरण*: स्थानीय उत्पादन र व्यापार प्रवर्द्धन गर्नु ।
*पर्यावरणीय न्याय:* जल स्रोत संरक्षण, नदी सफाइ र दिगो वातावरणीय अभ्यास हुनु ।
*जलवायु न्याय*: जल, प्रकृति र मानवको अन्तरसम्बन्धमा संवेदनशीलता विकास।

*निष्कर्ष*

छठ पर्व केवल धार्मिक कर्म होइन; यो सांस्कृतिक संरक्षण, सामाजिक समानता, आर्थिक समृद्धि, पर्यावरणीय न्याय र जलवायु चेतनाको महाव्रत हो। यसले वैदिक सनातनी मूल्य-सत्य, शुद्धता, भक्ति र प्रकृतिसँगको समन्वय—लाई वर्तमान समाजमा जीवित राख्छ। सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि यो अचुकवाण नै स्वत:शिद्ध भएको देखिन्छ । समाजमा कहलिने कथित उच्चतम जात र कथित निम्मतम जात,धनाढ्य वर्ग र गरिब वर्ग,सपांङ्ग र दिव्यांङ्ग महिला र पुरुष सबै एउटै सरोवरको तटमा सरोवोर हुन्छन् ।
अन्तिम आराधना मन्त्र:
*ॐ सूर्याय नमः, ॐ जलधारायै* नमः, *ॐ व्रतायै नमः, ॐ मातृदेवायै नमः*
– सूर्य, जल, व्रत र मातृ शक्तिको सम्मान र संरक्षणका लागि यी मन्त्रहर्ष…….

✍🏻✍🏻 डा.विजय दत्त