आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

कठमाडौं, २६ असोज

मकवानपुर, बकैया गाउँपालिका-५ तिनतले बस्ने सेराव घिसिङको घरमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा करिब २६ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बारा, महागढमाई नगरपालिका-१ बरियारपुर मठवा टोल बस्ने ३५ वर्षीय मोतिलाल कुशवाहाको ओम गार्मेन्टमा गए राति आगलागी हुँदा करिब २६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, काहा मैनपुर गाउँपालिका-१ धोरे बस्ने धुपनाथ राउतको गोठमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब लाख ८६ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।