नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना

नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना

काठमाडौं, नेपाल२१ सेप्टेम्बर २०२६ नेपालभारत उद्योग वाणिज्य संघ(निक्की) ले नेपालका लागि भारतका राजदूत तथा निक्कीका संरक्षकमहामहिम नवीन श्रीवास्तवको सम्मानमा काठमाडौं स्थित मेरियट होटलमाबिदाइ समारोह आयोजना र्यो काठमाडौंमा उहँको कार्यकाल समाप्त हुदैगर्दा आयोजना गरिएको उक्त समारोहमा भारतीय दूतावासका निवर्तमानप्रथम सचिव (वाणिज्य) श्री सुमन शेखरको पनि बिदाइ तथा उहाकाउत्तराधिकारीका रूपमा नियुक्त प्रथम सचिव (वाणिज्य) श्री ऋषभ देवकोपनि औपचारिक स्वागत गरियो

कार्यक्रम साझ ५ः३० बजे निक्कीका महासचिव श्री राजन शर्माको स्वागतमन्तव्यबाट सुरु भएको थियो ततपश्चात निक्कीका अध्यक्ष श्री सुनीलके.सी.ले उद्घाटन मन्तव्य दिनुभयो आफ्नो मन्तव्यमा अध्यक्ष सुनीलके.सी.ले राजदूत श्रीवास्तवको कार्यकालमा उहासगको सहकार्यमा संघलेगरेका विभिन्न कार्यहरूको स्मरण गर्दै बिजनेस क्लाइमेट सर्वे, इन्भेस्टमेन्टगाइडबुक तथा आलू शिखर सम्मेलनलाई सहकार्यबाट हासिल भएकामहत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो उहाले राजदूत श्रीवास्तवलेप्रदान गर्नुभएको सहयोग तथा नेपाल भारतबीचको कूटनीतिक व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन उहाले देखाउदै आएको निरन्तरतत्परताप्रति आभार व्यक्त गर्नुभयो

त्यसपछि राजदूत श्रीवास्तवले समारोहलाई सम्बोधन गर्दै नेपालीव्यवसायिक समुदायस आफूले गरेको वर्षौं लामो सहकार्य तथा आफ्नोकार्यकालमा नेपाल भारतबीचको व्यावसायिक सम्बन्ध थप गहिरिदै गएकोविषयमा आफ्ना धारणा राख्नुभयो उहाले आगामी वर्षहरूमा नेपालकोजलविद्युत तथा ऊर्जा क्षेत्रको निरन्तर विस्तार हुने सम्भावना रहेको उल्लेखगर्दै हालै नेपालका अर्थमन्त्रीले गरेको भारत भ्रमण दुवै पक्षका लागिफलदायी रहेको बताउनुभयो उहाले नवनिर्वाचित सरकारलाई आशाकोप्रतीकका रूपमा चित्रण गर्दै नेपाल भारतबीचको व्यापार सन्तुलनबारेआफ्नो स्पष्ट धारणा प्रस्तुत गर्नुभयो।  उहँका अनुसार व्यापार घाटालाईआधा खाली गिलासका रूपमा मात्र हेर्नु नहुने भन्दै ऊर्जा क्षेत्रमा हुने वृद्धिलेसमय सगै उक्त ब्यापार घाटाको अनुपातमा सुधार ल्याउन सक्नेछ भन्नुभयो राजदूत श्रीवास्तवले नेपालमा आप्mनो कार्यकालमा गर्नुभएको कार्यहरुकोसम्मान गर्दै निक्कीका अध्यक्ष श्री सुनील के.सी.ले संघका तर्फबाट उहालाईसधन्यबाद मायाको चिनो प्रदान गर्नुभयो

त्यसपछि भारतको दूतावासका निवर्तमान प्रथम सचिव (वाणिज्य) श्री सुमनशेखरले आफ्नो बिदाइ मन्तव्य दिनुभयो भारतीय दूतावासमा उहाकोकार्यकाल सकिएको अवसरमा उहालाई पनि उहाको योगदानको कदर स्वरुपनिक्कीका अध्यक्ष श्री सुनील के.सी.ले मायाको चिनो प्रदान गर्नुभयो त्यसपछि उहाले उपस्थित अतिथिहरू माझ आफ्ना उत्तराधिकारीका रुपमानवनियुक्त प्रथम सचिव (वाणिज्य) श्री ऋषभ देवको औपचारिक परिचयगराउनुभयो नया जिम्मेवारी सम्हाल्न लाग्नुभएका श्री देवले संक्षिप्तमन्तव्यका साथ समारोहलाई सम्बोधन गर्नुभयो त्यसपछि अध्यक्ष श्रीसुनील के.सी.ले निक्कीको तर्फबाट उहालाई स्वागत गर्नुभयो

औपचारिक कार्यक्रमको समापन गर्दै निक्कीका उपाध्यक्ष श्री गौरव टयाललेराजदूत श्रीवास्तव, प्रथम सचिव सुमन शेखर लगायत उपस्थित सदस्यहरु, कुटनीतिक अधिकारीहरु, नेपाल सरकारका अधिकारीहरु एवं सम्पूर्णलाईधन्यवाद ज्ञापनबाट गर्नुभयो त्यसपछि आयोजित ककटेल रिसेप्सन तथारात्रिभोजले सहभागीहरूलाई अनौपचारिक रूपमा आपसी भेटघाट, संवादतथा व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर प्रदान गरेको थियो

उक्त समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, कूटनीतिकनियोगका प्रतिनिधिहरू, पूर्वराजदूतहरू, दूतावासका अधिकारीहरू तथानेपालको उद्योग व्यवसायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरूको गरिमामयउपस्थिति रहेको थियो उक्त बिशेष बिदाई कार्यक्रमले नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धलाई निक्कीले दिएको महत्वलाई समेतउजागर गरेको

निक्कीले नेपालभारत आर्थिक तथा व्यावसायिक सहकार्यलाई सुदृढबनाउन पुयार्उनुभएको योगदानका लागि राजदूत श्रीवास्तव तथा श्रीशेखरप्रति हार्दिक कृतज्ञता व्यक्त गर्यो साथै, आफ्नो कार्यकाल प्रारम्भ गर्नलाग्नुभएका श्री ऋषभ देवलाई स्वागत गर्दै उहाको कार्यकालमा पनि संघकोनिरन्तर सहकार्य साझेदारी कायम रहने विश्वास व्यक्त गरेको