चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- thantikhabar
- September 20, 2026
12
SHARES
काठमाडौँ, अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरिरहेको अवस्थामा भारी मात्रामा प्राविधिक उपकरणसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक सहयोगमा चितवनको भरतपुर महानगरपालिका-२, आँपटारीबाट २५ वर्षीय भारतीय नागरिक कठराम नितिन (Kathram Nithin) लाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका नितिनको डेरा तथा परिसरबाट प्रहरीले भीओआईपीमा प्रयोग भएका २६ थान मोबाइल, ९५ थान सिमकार्ड, ४ थान सीपीयू, २ थान ल्यापटप, ६ थान यूएसबी, २ थान राउटर, १ थान इन्भर्टर, २ थान ब्याट्री तथा विभिन्न प्रकारका डेटा केबलहरू बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएका यी सम्पूर्ण सामग्रीहरू गैरकानुनी रूपमा दूरसञ्चार सेवा अवरुद्ध गरी कल बाइपास गर्न प्रयोग गरिएको पाइएको छ।
राजस्व चुहावट र दूरसञ्चार प्रणालीमाथि गैरकानुनी हस्तक्षेप गरी सञ्चालन गरिएको उक्त अवैध धन्दाबारे प्रहरीले पक्राउ परेका भारतीय नागरिकमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा
- विदेश पठाइदिन्छु भन्दै ३ करोड ३७ लाखभन्दा बढी ठग्ने ६ जना पक्राउ, अमेरिकादेखि युरोपसम्मको लोभ देखाएर लुटे!
-
मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
September 14, 2026 -
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
September 16, 2026
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा
- विदेश पठाइदिन्छु भन्दै ३ करोड ३७ लाखभन्दा बढी ठग्ने ६ जना पक्राउ, अमेरिकादेखि युरोपसम्मको लोभ देखाएर लुटे!

प्रतिकृया दिनुहोस्