विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

भक्तपुर, १२ असोज

सूर्यविनायक नगरपालिका-५ सृजनानगर डेरा गरी बस्ने पर्वत ठुलोपोखरी गाउँपालिका-५ घर भएकी ३८ वर्षीया सरस्वती गायकको कोठाबाट करिब १९ लाख ८० हजार रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना शनिबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।