आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ११ असोज    

काठमाडौं महानगरपालिका-३२ नरेफाबस्ने सीमा सुवेदीको घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिराहा, अर्नमा गाउँपालिका-५ कृष्णधर दुर्गा मन्दिर टोल बस्ने छटकन दासको भन्सा घरमा शुक्रबार बेलुकी आगलागी हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, बुढीगंगा गाउँपालिका-३ मुडेरी बस्ने विनोद सरदारको घरमा शुक्रबार साँझ आगलागी हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, कोशी गाउँपालिका-१ पोदार टोल बस्ने देबु शर्माको घर, पुलकित शर्माको घर राम शाहको भान्सा घरमा शनिबार बिहान आगलागी हुँदा तीनै जनाको गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको

सप्तरी, राजविराज नगरपालिका-१३ बिसहरीया बस्ने जय किशोर देवको गोठमा शुक्रबार राति आगलागी हुँदा गोपूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै स सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।