करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, ११ असोज    

कपिलवस्तु, वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने २४ वर्षीया पुष्पा थारूको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा विजुलको प्लकमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो

म्याग्दी, लागिरी गाउँपालिका-मुनास्थित मामाघर बस्ने १६ वर्षीया मेलिना घर्ती मगरको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । घरमा जडान गरिएको विजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको हो ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।