बर्तमान औद्योगिक एवं आर्थिक वातावरण लगायत बिषयमा बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल तथा नेपाल–भारत उद्योग वाणिज्य संघबीच छलफल सम्पन्न

बर्तमान औद्योगिक एवं आर्थिक वातावरण लगायत बिषयमा बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल तथा नेपाल–भारत उद्योग वाणिज्य संघबीच छलफल सम्पन्न

काठमाण्डौँ ! २०८२, बैशाख २३ गते मंगलवार,

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जी सहितको प्रतिनिधि मण्डल र नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसीबीच बिद्यमान औद्योगिक एवं समग्र आर्थिक बिषयमा छलफल सम्पन्न भयो । भेटका क्रममा नेपालमा संचालित बहुराष्ट्रिय कम्पनीहरुले उद्योग संचालन गरिरहंदा भोग्नुपरेका निम्न उल्लेखित समस्याहरुमा छलफल सम्पन्न भयो :

– लगानी वापतको लाभांश फिर्ता (Repatriation),
– कच्चा पदार्थ आयातमा तयारी बस्तुको भन्दा बढी भंसार महशुल (तयारी बस्तुको भन्दा कच्चा
– बस्तुको भन्सार दर कम्तीमा एक तह कम हुनु पर्ने बिश्वब्यापी मान्यता बमोजिम हुनुपर्ने),
– बहुराष्ट्रिय कम्पनीमा कार्यरत उच्च पदका कर्माचारीहरुको पारिश्रमिकको ३० प्रतिशत नेपालमै खर्च गरिनुपर्ने सीमा,
– प्याकेजि· सामग्रीको अन्तशुल्कमा क्रेडिट सुबिधा उपलब्ध गरिनुपर्ने
– बैंक ग्यारेन्टीका सन्दर्भमा कोल्याटरल सम्बन्धि बंैकहरुको अस्थिर नीतिका कारण बितरक कम्पनीहरुले भोग्नुपरेका समस्याहरु
– ब्यापार ट्रेडिङ्गको परिभाषाका कारण सिर्जित समस्याहरु

छलफलमा संघको तर्फबाट अध्यक्ष सुनील केसी तथा यूनिलिभर नेपालको तर्फबाट प्रबन्ध निर्देशक अमलान मुखर्जी लगायतका सदस्यहरु सहभागी थिए । छलफलबाट उक्त समस्याहरु निराकरणमा संघको भूमिका एवं अगुवाईले महत्वपूर्ण रहने र सो सम्बन्धमा संघले आवश्यक पहल गरी नेपालमा संचालित बहुराष्ट्रिय कम्पनीहरु ल्गायत अन्य उद्योगहरुका समस्याहरु पनि समाधान गर्न उद्योगहरुसंग सहकार्य गरी अघि बढ्ने सहमति भयो ।