सगरमाथा संवादमा विश्वका ३५० जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गरिने

सगरमाथा संवादमा  विश्वका ३५० जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गरिने

सगरमाथा संवाद हुन कारीब दुई महिना बढी समय रहदा सरकारले यसबारे जानाकारी गराउदै ३५० जना भन्दा जना भन्दा बढि रास्ट्र प्रमुख हरुलाई निम्तो गर्ने भएको छ ! २०८२ जेठ २ गते देखी ४ गते सम्म संचालन हुने उक्त संवादमा विश्वका ३५० जना भन्दा बढी रास्ट्र प्रमुखहरु निम्तो गरिने पररास्ट्र मन्त्रालयका सचिब अमृतबहादुर राईले जानाकारी दिनुभएको छ !

साथै उहाँले निम्तो दिनका लागी बिदेशस्थित नेपाली राजदुताबास र नेपालमा रहेका संबन्धित राजदुताबास लाई प्रयोग गरिएको बताउनुभयो ! संवादमा सरकारले निम्तो पठाईएका मध्य १५० भन्दा बढी देशका रास्ट्र प्रमुख हरु सहभागी हुने अपेक्षा राखेको छ !

त्यस्तै नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालाले हिमालको मुद्धाको नितृत्व नेपालले लिने गरी सगरमाथा संवाद लाई अघी बढाएको जानाकारी गराउनु भएको छ !


जलवायु परिवर्तनबाट भएको हानी बारे आवाज उठाइएको उहाँको भनाई छ ! साथै उनले वातावरण बिनास बाट क्षईकरण असर नेपालले भोगिराखेको र यसबाट बच्नका लागी विभिन्न अन्तरास्टृय मंच हरुमा समेत आवाज उठिरहेको भन्दै सगरमाथा संवाद लाई प्रभाबकारी बनाउने गरी सरकार अघीबढीसकेको समेत जनाकारी गर्नुभयो !

संवाद को पहिलो दिन,हिमनदी संरक्षण विषयमा तत्काल गर्नुपर्ने काम बारे छलफल हुनेछ भने दोश्रो दिन जलवायु जन्यप्रकोप, जोखिम प्रकोप न्युनिकरण र पुनर उत्थन बारे छलफल हुने बताईएको छ, त्यस्तै तेश्रो तथा अन्तिम दिन संवादको समापनका साथै सहभागी हुन आएका पाहुना हरुलाई हावाई फ्लाईट मार्फत सगरमाथा क्षेत्र अबलोकनमा  लग्ने बताईएकोछ !