कुमारी बैंकका ग्राहकलाई रदमाअंक होटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थित रदमाअंक होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रदमाअंक होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, होटलका विभिन्न सेवा–सुविधा लिन चाहने ग्राहकका लागि किस्ताबन्दी (EMI) सुविधा समेत उपलब्ध गराइनेछ।
त्यसैगरी, वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन्। पारिवारिक जमघट तथा विभिन्न कार्यक्रमका लागि समेत केक र कोर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको रुम निःशुल्क प्राप्त गर्ने सुविधा पनि सम्झौतामा समावेश गरिएको छ। ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ तथा ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको छ।
यस सम्झौताले कुमारी बैंकका ग्राहकलाई होटल तथा आतिथ्य सेवामा थप सुविधा र सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि अझ सरल, सहज र उत्कृष्ट सेवा प्रदान गर्न विभिन्न सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



प्रतिकृया दिनुहोस्