कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता (PSBK) अन्तर्गतको बीमा सुविधाबमोजिम एक जना लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

श्रीमती खुमा पौडेलका श्रीमान्को दुःखद दुर्घटनाजन्य निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरिएको थियो। दाबी प्रक्रिया सम्पन्न भएपछि कुमारी बैंकको गढवा शाखाले रु. १० लाख बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो।

बैंकका अनुसार उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा केही आर्थिक राहत पुग्ने विश्वास गरिएको छ।

कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनामार्फत आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बैंकको विश्वास छ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने बैंकले जनाएको छ।

२८५ शाखामार्फत देशभर सेवा

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ।

बैंकले नेपालका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्दै प्रत्येक नेपालीलाई सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

ग्राहकहरूको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले बैंकले विभिन्न निक्षेप, बीमा तथा बैंकिङ सेवाहरू सञ्चालन गर्दै आएको छ।