इन्टरपोल रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

इन्टरपोल रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं,  मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कतारबाट पक्राउ परेका छन्।

धनुषा धनौजी गाउँपालिका–५ ठेगाना भएका मो. ताहिर राईनलाई एनसिबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ गरिएको हो। पक्राउ परेका राईनलाई सम्बन्धित मुद्दामा कानुनी कारबाही गर्ने प्रयोजनका लागि सोमबार बिहान नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८३ साउन १२ गते राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो।

नेपाल ल्याइएका राईनलाई सम्बन्धित कसुरमा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।