शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ नेपाल-अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६
काठमाडौँ
राजधानी काठमाडौंमा शुक्रबार (२ माघ)बाट १४ औँ नेपाल-अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६ सुरु हुँदैछ। यस वर्ष महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र प्रदर्शनका लागि चयन भएका छन्।
चलचित्र विकास बोर्ड, चाबहिलमा आयोजना हुने महोत्सवमा नेपाली समूहबाट करिब ४ दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र र लघु चलचित्रबाट २० नेपाली चलचित्र फाइनल भएका छन्।
नेपाली कथानक चलचित्रतर्फ फाइनलमा छनोट भएका चलचित्रहरू:
-
‘अञ्जिला’ – निर्देशक मिलन चाम्स
-
‘कोशेढुगा’ – निर्देशक सरोज पौडेल
-
‘माग्ने राजा’ – निर्देशक ऋषि लामिछाने
-
‘परान’ – निर्देशक दीपकप्रसाद आचार्य
-
‘यो मन त मेरो नेपाली हो’ – निर्देशक नर प्रधान (मित्र)
वृत्तचित्रतर्फ छनोट भएका छन्:
-
‘अरिङ्गाल म्यान’ – भिमलाल श्रेष्ठ
-
‘डान्सिङ इन फायर’ – रमेश खड्का
-
‘अ बडी नट माइन्ड’ – निशा मानन्धर
लघु चलचित्रतर्फ खुला र विद्यार्थी समूहमा १० वटा प्रदर्शन हुनेछन्।
अन्तर्राष्ट्रिय समूहमा १९ देशका २३ वटा लघु चलचित्र महोत्सवमा प्रदर्शनका लागि चयन भएका छन्।
उदाहरणका लागि:
-
इन्डोनेसियाबाट ‘इक्लिप्से’
-
ताइवानबाट ‘द इल्डर क्र्याब’
-
संयुक्त राज्य अमेरिकाबाट ‘ग्राम्पी ओल्ड म्यान’ र ‘द जब’
-
फ्रान्सबाट ‘अगस्ट १७ एट फाईभ पि एम’
-
भारतबाट ‘ब्ल्यु’
अन्तर्राष्ट्रिय कथानक चलचित्रतर्फ बङ्गलादेशबाट ‘मेमोरी अफ ग्लुमी मनसुन’, कोष्ट डी आइभोरीबाट ‘साइलेन्स मोर्टेल’ चयन भएका छन्।
अन्तर्राष्ट्रिय वृत्तचित्रतर्फ:
-
युक्रेन: ‘द स्केडुलेड अफ फाइटिङ टु लर्न’
-
स्टोनिया: ‘अटिस्ट अफ सर्भिलय’
-
जर्मनी: ‘गर्लस् डन्ट प्ले स्पोर्टस्’
अफ्रिकन चलचित्रतर्फ:
-
इजिप्ट: ‘द मंकी’
-
ट्युनिशिया: ‘मेट्रो पोलिस’
-
मोरक्को: ‘द चेम्बर’
महोत्सवमा नृत्य कार्यशाला, चित्रकला प्रदर्शनी, मास्टर क्लास र अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन हुनेछन्।
महोत्सवका निर्देशक डब्बु क्षत्रीका अनुसार, पछिल्लो वर्षबाट विश्वभरका चलचित्र समेट्ने उद्देश्यसहित महोत्सवलाई ‘नेपाल-अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नाम दिइएको हो।
महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ।



प्रतिकृया दिनुहोस्