पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान — IIT बम्बईमा लोकतन्त्र र प्रविधिमाथि विशेष सम्बोधन!

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान — IIT बम्बईमा लोकतन्त्र र प्रविधिमाथि विशेष सम्बोधन!

काठमाडौं — नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज पौष ६ गते भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक संवादका विषयमा उच्चस्तरीय छलफल गर्नेछन्।

भारतको प्रतिष्ठित संस्था IIT Bombay मा आयोजना हुने TechFest कार्यक्रममा डा. भट्टराईले
“South Asia’s Democratic Future: Youth, Technology and Inclusive Democracy”
विषयमा Keynote Speech दिने कार्यक्रम रहेको छ।

साथै, नयाँ दिल्लीस्थित India International Centre (IIC) मा South Asian Forum for People’s Initiative (SAFPI) द्वारा आयोजित विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

डा. भट्टराई पौष ८ गते नेपाल फर्किने कार्यक्रम छ।
उनको यो भ्रमणले नेपाल–भारतबीच आपसी समझदारी, मित्रता र लोकतान्त्रिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार,
यो भ्रमणले दक्षिण एसियाको लोकतान्त्रिक भविष्यमा नेपालका अनुभवी नेताको प्रभावशाली भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाउनेछ।