पहिरोले पुरिएर मृत्यु

पहिरोले पुरिएर मृत्यु

्याग्दी, १३ जेठ

धवलागिरी गाउँपालिका-३ दरस्थित कुनौटोदेखि सोलबाङ जोड्ने बाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गा माटो सहितको सुख्खा पहिरोले प्रदेश.२-०३-००१ क १५८८ नम्बरको स्काभेटर पुरिँदा स्काभेटर अपरेटर स्याङ्जा चापाकोट नगरपालिका बस्ने ३३ वर्षीय खेमराज कुमालको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।