अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं, १४ असार    

काठमाडौं महानगरपालिका-९ सिनामंगल कालिमाटीडोलस्थित दर्शन नमस्ते ईन गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ करिब ४३ ग्राम मिलिग्राम, नग १० हजार ८ सय रूपैयाँ, मोबाइल ३ थान तराजु १ थान सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेरूमा धनुषा कमला नगरपालिका-८ घर भएका ४२ र्षीय साउन यादव, काठमाडौं सिनामंगल बस्ने सिरहा, सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीयमो.अख्तर राईन काठमाडौं जडिबुटी बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भएका २४ वर्षीय देव बुढाथोकीरहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गेष्ट हाउसको कोठा नम्बर २०५ तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो

कास्की, पोखरा महागनरपालिका-३१ गोरखामार्गबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ रिब १० ग्राम ४ सय ८० मिलिग्राम, मोबाइथाननग८० हजार सय ५० रूपैयाँ सहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनेहरूमा तनुहँ शुक्लागण्डकी नगरपालिका-५ नयाँगा बस्ने ३२ वर्षीय बिजय घर्ती, पोखरा महानगरपालिका-३१ लामागा बस्ने ३९ वर्षीय कृष्ण मगर, १८ वर्षीय किशर र सोही महानगरपालिका-३१ किमबैंशी बस्ने २९ वर्षीय सुशान सार मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम नियन्त्रित लागूऔषध स्पास्मो २३ ट्याब्लेट सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्रा गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २७ वर्षीय विवेक धिताल३९ वर्षीय ख्यामराज तिमिल्सिनाहेका छन् । इलाका प्रहरी कार्याल सुनवल समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बारा, पचरौता नगरपालिका-७ धर्मनगर गाबाट अवैध लागूऔषध गाँजा करि ४ किलोराम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना आदापुर टोल अररा बस्ने २२ वर्षीयअनरजित कुमार सहनीबारा कलैया उपमहानगरपालिका-२७ बर्वा बस्ने १९ वर्षीयपेश सहनीरहेका छन् । प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बीआर ०५ बिई ९६८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो  ।

सिराहा, बरियारपट्टी गाउँपालिका-३ स्थित छोटी भन्सार कार्यालयजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ग्राम ४ मिलिग्राम, नगद १४ हजार सय ५० रूपैयाँ र मोबाथान सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-११ बस्ने २४ वर्षीय सुभाष यादव र २२ वर्षीयश्याम कुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालबरियारपट्टी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाईशुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

िन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ४० वर्षीय दुर्गा प्रसाद श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जादै गरेको बा.प्र. ०३-००१ ख ३३६१ नम्बरको हामा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारीपक्राउ गेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बरढाबाट नियन्त्रित लागूऔषध नाईट्रजेपाम ७० ट्याब्लेट सहित सोही महानगरपालिका-११ बस्ने १९ वर्षीय निखिल मल्लिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।