अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ


काठमाडौं
, ४ वैशाख  

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ किलो २ सय ग्राम सहित श्रीलंकननागरिक ६१ वर्षीय MOHAMED SALEEM MOHAMED RUMOZ लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीलंकन एयरको उडानद्वारा काठमाडौं हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागिलागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाएको

बारा, प्रसौनी गाउँपालिका-४ खुटवा बस्ने ३१ वर्षीय पवन कुमार साहलाई अवैध लागूऔषध गाँजा २ किलो १ सय ग्राम र नगद २७ हजार ४ सय ३० रूपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)