सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, १६ चैत  

चितवन, भरतपुर महानगरपालिका-२ बेलटाँडीचोकमा लिलाचोकबाट सहिदचोकतर्फ आउदै गरेको बा.प्र.०१-०३१ च ५६२८ म्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय चुमन बहादुर श्रेष्ठको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रून्देही, सिद्धार्थनगर नगरपालिका-१२ स्थित नयाँसडकमा लुम्बिनी प्रदेश एएए ००११ नम्बरको मोटरसाइकअनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय राज कुमार श्रीवास्तवको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवल प्रालि अस्पतालमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)