सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर, १५ चैत

मनहरी गाउँपालिका-६ लोथर बजारस्थित सडकमा बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा म्याजिक चालक राक्सिराङ गाउँपालिका-४ बस्ने ३२ वर्षीय सन्देश कोईरालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाकासम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)