जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

उदयपुर, २ चैत  

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-६ निगाले बस्ने २७ वर्षीयनिलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा स्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)