सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २० फागुन

महोत्तरी, बर्दिबास नगरपालिका- बंगलामुखी क्रसर छेउस्थित सडकमा म.प्र.०२-००८ १०८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदामोटरसाइकलमा सवार सोही नगरपालिका-६ मनहरीपुर बस्ने २२ वर्षीय बिमल विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी महोत्तरी, पिपरा गाउँपालिका-६ छोटका पोखरीस्थित सडकमा रतौलीबाट रतनपुरतर्फ जाँदै गरेको ज.उ.म.न.पा.१ ख ०१०७७ नम्बरको ई-रिक्सा अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक धनुषा जनकपुरधामपमहानगरपालिका-७ बस्ने २५ वर्षीयवीशंकर ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही, चक्रघट्टा गाउँपालिका-२ बेल्हीस्थित सडकमाबीआर ३० पी १७०३ नम्बरको स्कारपियो अनियन्त्रित भईदुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने वर्षीय अमित कुमार अधिकारीको मृत्यु भएको छ । सोमबार बिहान भएकोदुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

दुर्घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)