अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं, २० फागुन

बारा, जीतपुरसिमर हानगरपालिका- सिमरास्थितराज होटेलबाट अवैध लाषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार राज्य मोफासिल सिवाना थाना सिवाना चनौर ग्राम पञ्चायत१४ बस्ने३५ वर्षीय गौतम कुश्वाहा, भारत विहार राज्य पूर्व चम्पारण रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत७ बस्ने ३० वर्षीय रन्जन कुमार सिंहभारत विहार राज्य पूर्व चम्पारण रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत१० बस्ने ४० वर्षीय संजिव कुमार राम रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा र लागऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बारा, तपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-३ बस्ने ५० वर्षीय संचलाल वाईवा र मकवानपुर हेटौडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय हिरालाल ववारहेका छन् । लाका प्रहरी कार्यालय अमलेखगंजबाटखटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर गरपालिका-९ खक्रौलाबाट अवैधलागऔषध खैरो हेरो जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका- बस्ने २७ वर्षीय सुमन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१३ प८२नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका-मसुरिया बस्ने ३१ वर्षीय पुरन कामी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सय ५० मिलिग्राम सहित समबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मसुरियाबाट खटिको प्रहरीले पुरनको घर लासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्रामहित बाँसगढी नगरपालिका-९ तोरैया बस्ने २३ वर्षीय बिनय थारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चकी कालिकबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा उँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

झापा, बिर्तामोड नगरपालिका-बाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ सय ५० मिलिग्राम सहित भद्रपुर नगरपालिका-४ बस्ने ३३ वर्षीय दिनेश माझीलाईसोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।

मकवानपुर, मनहरी गाउँपालिका-७ पेन्चेबाट अवैध लागूऔषध सेतो हरोन जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ३० मिलिग्राम ५१ हजार १ सय ७० भारत रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पथेल थाना राजपुर पाथेल चतरा झारखण्ड बस्ने २८ वर्षीय संजय माझी र भारत बिहार बस्ने ३७ वर्षीयराम पुलार कुमार रहेका छन् । लाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले राक्सिराङबाट मनहरीतर्फ जाँदै गरेको जेएच ०३ भी ०५३९ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक संजय र गाडीमा सवार राम पुलारलाई पक्राउ गरेको हो ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-४ दश नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित सोही गरपालिका-६ बस्ने ३१ वर्षीयसागर पोखरेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । डा प्रहरी कार्यालय बुटवल र लागऔषध नियन्त्रण ब्रो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.१२ प ९७२०नम्बरको स्कुटरमा सवार उनला उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-३ माछा भौडीबाट नियन्त्रित लागूऔषध ट्रामोल ५ सय क्याप्सुल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय बिनय देवान, सोही उपमहानगरपालिका-१६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र सोही उपमहानगरपालिका-१० बस्ने ३५ वर्षीय सृजना गुर रहेका छन् । डा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पुरानो बजारबाट रत्न चोकतर्फ जाँदै गरेको को.२० प४८१६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)