अवैध लागूऔषध सहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं, फागुन

दाङ, घोराही उपमहानगरपालिका-१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, बर्दगोरिया गाउँपालिका-६ बिशालनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० मिलिग्राम सहित सोही ठा बस्ने २२ वर्षीय बिशाल बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)