आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १२ फागुन

रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ टिकुलिगडस्थित गंगा ब्याण्डेज उद्योग प्रालिमा इतबार दिउँसो आगलागी हुँदा करिब १३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित सोही उपमहानगरपालिका-१ बस्ने ४५ र्षीय संजय गुरको बुद्ध अटो पार्ट ग्यारेजमा पार्कि गरी राखेको उनकै बा.२ ख १४०० नम्बरको हाईस गाडीमा आइतबार राति आगलागी हुँदा गाडीको अगाडिको भाग आंशिक रपमा जलेक्षति भएको आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

सप्तरी, ञ्चनरप नगरपालिका-६ जमुवा बस्ने ५५ वर्षीयबच्कुन सरदार र ४५ वर्षीय बिष्णु सरदारको वटा घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा दुबै जनाको गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापा, अर्जुनधारा नगरपालिका-४ रातेखोला बस्ने ६० वर्षीयलिला बहादुर कटवालको भान्छा घरमा सोमबार बिहानआगलागी हुँदा भान्छा कोठा भित्र रहेको अन्नपात, भाडावर्तन,काठपात लगायतका सामान र्णरपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल बिडोल फाँट बस्ने ३८ वर्षीय टंक राज कुवरले आफ्नै घर अगाडी पार्किङ गरी राखेको बा.प्र ०२-०२१ प ०६७० नम्बरको मोटरसाइकलमा सोमबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)