आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ११ फागुन

पाल्पा, रैनादेबी छहरा गाउँपालिका-३ मान्द्रेघाट बस्ने पदम बहादुर कुमालको गोठमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४ जनाको घर र गोठमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

सुनसरी, कोशी गाउँपालिका-४ जुद्दगंज बस्ने महबुव आलमको कुखुरा फर्ममा विद्युतर्ट भई शनिबार दिउँसो आगलागी हुदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, बिन्दवासनी गाउँपालिका-३ झैवागुठिस्थित युबराज एकिकृत कृषि कुखुरा फर्ममा विद्युतर्ट भई गए राति लागेको आगो फलिएर संगै टा कुखुरा फर्ममा समेत आगलागी हुँदा करिब ४१ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, अर्जुनधारा नगरपालिका-९ यलम्बर चोक बस्ने मदन बस्नेतको घर भित्र रहेको किराना पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा पसल र पसल भित्र रहेकसरसमानहर जलेर करिब लाख रूपैयाँ बरबरको धनमाल नष्ट भएको

बागलुङ, बडीगाड गाउँपालिका-५ खौलारा बस्ने ७० वर्षीयधनेश्वर आचार्यको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलाग भएको आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)