१६ असार २०८३: मिथुन र तुलालाई भाग्यको साथ, मकरले राख्नुपर्नेछ विशेष सावधानी
१६ असार २०८३, मंगलवार (३० जुन २०२६) नेपाल संवत् ११४६, आषाढ कृष्ण प्रतिपदा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन यात्राका लागि सहज र फलदायी रहनेछ। कार्यक्षेत्रमा केही नयाँ जिम्मेवारी थपिन सक्छन्, जसले तपाईंलाई व्यस्त राख्नेछ। पारिवारिक माहौल सुखद रहनेछ। स्वास्थ्यमा भने सामान्य उतारचढाव आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। शिक्षा क्षेत्रमा सोचेजस्तो नतिजा नआए पनि मिहिनेत जारी राख्नुपर्ने देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन सामान्य रहनेछ। आज ठूला वा नयाँ लगानीका काम सुरु नगर्नु नै बुद्धिमानी हुनेछ। घरेलु मामिला वा आफन्तसँगको असमझदारीले मनमा केही चिन्ता थप्न सक्छ, त्यसैले बोलीमा नियन्त्रण राख्नुहोला। यद्यपि, प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मधुरता कायम रहनेछ, जसले मनलाई केही राहत दिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक दृष्टिकोणले आजको दिन उत्साहजनक छ। लामो समयदेखि अड्किएको वा गुम्न लागेको धन फिर्ता हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मी र मित्रहरूको बलियो साथ-सहयोग मिल्नेछ। प्रतिस्पर्धी वा विरोधीहरू शान्त रहने भएकाले तपाईंका योजनाहरू सहजै अघि बढ्नेछन्। कुनै विशेष कार्यका लागि यात्राको योग छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईंको पक्षमा रहने देखिन्छ। विशेष गरी कार्यक्षेत्र वा व्यापारमा कुनै महत्त्वपूर्ण सफलता हात लाग्न सक्छ। नयाँ अवसरहरूको प्राप्तिले उत्साह बढाउनेछ। समाजमा मान-सम्मान बढ्नेछ। आर्थिक लाभका नयाँ स्रोतहरू पहिल्याउन सफल हुनुहुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सोचेका कामहरूमा केही अलमल वा ढिलाइ हुन सक्छ। एकाग्रताको अभावले गर्दा हातमा आइसकेको अवसर फुत्किन सक्ने भएकाले सतर्क रहनुहोला। निर्णय लिँदा हतार नगर्नुस्। दिउँसोपछि स्थितिमा केही सुधार आउनेछ र रोकिएका कामले विस्तारै गति लिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज अरूका कुरामा चाँडै विश्वास गर्दा धोका हुन सक्छ। कसैको व्यवहार वा निर्णय तपाईंलाई चित्त नबुझ्न सक्छ, जसले गर्दा मन खिन्न हुनेछ। व्यापार-व्यवसायमा मध्यम फल मिल्नेछ। स्वास्थ्यप्रति अलि बढी सचेत रहनुहोला। विवाद र बहसबाट टाढै रहनु उत्तम हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो समयदेखि प्रतिक्षा गरिएको कुनै शुभ समाचार वा सफलता मिल्नेछ। रचनात्मक काममा रुचि बढ्नेछ। उद्योग र व्यापारमा राम्रो फाइदा हुने देखिन्छ। दाम्पत्य जीवन सुखमय रहनेछ भने साझेदारीका कार्यहरूबाट दीर्घकालीन लाभ मिल्ने बलियो सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समाज वा कार्यक्षेत्रमा तपाईंको विचार र बोलीको उच्च कदर हुनेछ। प्रशासनिक तथा सरकारी काममा रहेका अड्चनहरू हट्नेछन्। शत्रुहरू परास्त हुनेछन् र पुराना ऋणहरू चुक्ता गर्न सहज हुनेछ। पारिवारिक सुख र सहयोगले कार्यसम्पादनमा थप ऊर्जा मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुनै विशेष समारोह, बैठक वा महत्त्वपूर्ण सामाजिक कार्यमा उपस्थिति जनाउने अवसर मिल्नेछ। बौद्धिक क्षमताको विकास हुनेछ र नयाँ योजना बनाउन मन लाग्नेछ। सन्तान वा परिवारका तर्फबाट खुसीको खबर सुन्न पाइनेछ। आम्दानीका स्रोतहरू सुरक्षित रहनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज कार्यक्षेत्रमा काम गर्दा अलि बढी सजग हुनुपर्ने देखिन्छ। जस पाउने आशामा काम गर्दा उल्टै अपजस आइलाग्न सक्ने जोखिम छ। अनावश्यक खर्च बढ्नाले आर्थिक तनाव हुन सक्छ। हतारमा गरिएका निर्णयले नोक्सान पुर्याउन सक्ने भएकाले धैर्यता कायम राख्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बन्धुबान्धव तथा इष्टमित्रहरूसँग रमाइलो जमघट वा भेटघाटमा सामेल हुने मौका मिल्नेछ। छोटो दूरीको यात्रा फलदायी रहनेछ। पराक्रम र उत्साहमा वृद्धि हुनेछ। नयाँ कार्यको थालनीका लागि आजको दिन ऊर्जावान् र अनुकूल साबित हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय तपाईंको पूर्ण अनुकूल रहनेछ। धनको आगमन सहज हुनेछ भने आर्थिक स्थिति सुदृढ बन्नेछ। बोलीको प्रभावले बिग्रन लागेका कामहरू पनि बन्नेछन्। परिवारमा नयाँ हर्ष उल्लास छाउनेछ। सुखद् र स्वादिलो भोजनको आनन्द मिल्नेछ।



प्रतिकृया दिनुहोस्