आजको राशिफल: कसको दिन सुनौलो, कसलाई संयम जरुरी? माघ ४ गते आइतवार १२ राशिको भविष्यवाणी

आजको राशिफल: कसको दिन सुनौलो, कसलाई संयम जरुरी? माघ ४ गते आइतवार १२ राशिको भविष्यवाणी

काठमाडौं। आज माघ कृष्णपक्ष औंसी तिथि, पूर्वाषाढा नक्षत्र र चन्द्रमा धनुबाट मकर राशिमा प्रवेश गर्ने विशेष दिन। ग्रहको चालअनुसार आज केही राशिका लागि उपलब्धि र प्रगतिको संकेत, भने केहीका लागि सजगता र धैर्य आवश्यक देखिन्छ।


मेष (Aries)

काममा चाहेजस्तो उत्साह नआउन सक्छ। समय मिल्न नसक्दा योजना रोकिने सम्भावना छ। आलोचक र अवसर खोज्नेहरू सक्रिय रहनेछन्। तर साँझपछि थोरै प्रयासले पनि ठूलो उपलब्धि दिलाउने योग बनेको छ। रोकिएको सम्मान वा स्थान फिर्ता हुने संकेत।

वृष (Taurus)

खानपान र स्वास्थ्यप्रति लापरबाही नगर्नुहोस्। आम्दानीमा अवरोध आउन सक्छ। पुराना झन्झट दोहोरिन सक्छन्। साँझदेखि भने स्थितिमा सुधार भई मिहिनेत सफलतामा बदलिनेछ

मिथुन (Gemini)

सहयोग, उपहार र आर्थिक लाभको योग। कामको दबाब बढ्न सक्छ। परिवारको साथले मनोबल उच्च रहनेछ। साँझतिर अपेक्षा अनुसार नतिजा नआउन सक्छ, धैर्य राख्नुहोला।

कर्कट (Cancer)

भौतिक साधन जुटेर दीर्घकालीन योजना अघि बढ्नेछ। साहसी निर्णयले फाइदा दिलाउनेछ। साँझतिर व्यापार र भेटघाट दुवै सुखद रहने संकेत।

सिंह (Leo)

कार्यसम्पादनमा अलमल र स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। प्रतिस्पर्धाबाट सचेत रहनुहोला। साँझपछि भने नयाँ अवसर र सहयोग प्राप्त हुनेछ

कन्या (Virgo)

जग्गा, पशुधन वा पारिवारिक सम्पत्तिबाट लाभ। आमाको सहयोग महत्त्वपूर्ण रहनेछ। अरूको समस्या समाधान गर्दा आफ्ना काम बिग्रन नदिनुहोस्

तुला (Libra)

काम र व्यवसायका अवसरहरू बढ्नेछन्। परिश्रमको राम्रो प्रतिफल मिल्नेछ। साँझतिर घरायसी तनाव देखिन सक्छ, व्यवहारमा सन्तुलन आवश्यक।

वृश्चिक (Scorpio)

विवाद र आलोचनाबाट टाढा रहनु बुद्धिमानी हुनेछ। प्रतिस्पर्धा तीव्र हुनेछ। साँझपछि वातावरण अनुकूल भई लाभको संकेत देखिन्छ।

धनु (Sagittarius)

अनुभव र आत्मविश्वासले सफलता दिलाउने दिन। नयाँ प्रस्ताव र आम्दानीको सम्भावना। साँझतिर खर्च र बहस बढ्न सक्छ, संयम अपनाउनुहोला।

मकर (Capricorn)

आजको श्रम भविष्यका लागि आधार बन्नेछ। टाढाका साथीबाट सहयोग मिल्नेछ। साँझतिर पारिवारिक खुशी र नयाँ योजना सुरु हुने योग

कुम्भ (Aquarius)

रोकिएका काम अघि बढ्नेछन्। आम्दानी बढ्ने र व्यापार फस्टाउने संकेत। साँझतिर खर्च बढे पनि यात्रा वा अवसर प्राप्त हुन सक्छ

मीन (Pisces)

सम्मान र प्रतिष्ठा बढ्ने दिन। प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ। साँझतिर व्यापारिक लाभ, तर अत्यधिक चाहनाले समस्या ल्याउन सक्छ।