आजको राशिफल – २०८२ माघ १ गते | बिहीवार (१५ जनवरी २०२६)
मेष (ARIES)
स्वास्थ्यमा ध्यान दिनुहोस्। काममा अवरोध र आर्थिक दबाब देखिन सक्छ। गोपनीय विषय सतर्कतापूर्वक सम्हाल्नुहोला।
वृष (TAURUS)
दिन रमाइलो रहनेछ। पारिवारिक साथ र व्यापारमा फाइदा हुनेछ। विशेष उपहार वा सुखद समाचार प्राप्त हुन सक्छ।
मिथुन (GEMINI)
साहसिक कदम सफल हुनेछन्। रोकिएका काम अघि बढ्नेछन्। व्यापार र पेसामा उल्लेखनीय प्रगति हुनेछ।
कर्कट (CANCER)
काममा ढिलाइ हुन सक्छ। स्वास्थ्य र खानपानमा सजग रहनुहोस्। धैर्य र मिहिनेतले स्थिति सम्हालिनेछ।
सिंह (LEO)
परिवार तथा साझेदारीमा मतभेद देखिन सक्छ। वचन दिँदा सावधानी अपनाउनुहोस्। जमिन–पशुधनबाट सामान्य लाभ।
कन्या (VIRGO)
नयाँ काम सुरु गर्न अनुकूल समय। प्रतिस्पर्धामा सफलता मिल्नेछ। उद्योग–व्यवसायबाट फाइदा हुनेछ।
तुला (LIBRA)
बोलीका कारण विवाद हुन सक्छ। खर्च बढ्ने संकेत छन्। निर्णय गर्दा धैर्य अपनाउनु लाभदायी हुनेछ।
वृश्चिक (SCORPIO)
प्रतिष्ठा र आम्दानी बढ्ने दिन। आफन्तसँग भेटघाट हुनेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्।
धनु (SAGITTARIUS)
खर्च बढ्न सक्छ। आर्थिक लेनदेनमा सतर्कता आवश्यक छ। यात्राको सम्भावना देखिन्छ।
मकर (CAPRICORN)
आम्दानीका नयाँ स्रोत खुल्नेछन्। पहिलेको मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ।
कुम्भ (AQUARIUS)
प्रतीक्षित काम पूरा हुनेछ। प्रतिष्ठा र सफलता दुवै हात लाग्ने समय छ।
मीन (PISCES)
स्वास्थ्य कमजोर रहन सक्छ। आजको मिहिनेतले भविष्यमा राम्रो परिणाम दिनेछ, धैर्य राख्नुहोस्।



प्रतिकृया दिनुहोस्