आजको राशिफल : २०८२ पौष २६ गते, शनिवार (१० जनवरी २०२६)
मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सामान्य काममा पनि ढिलासुस्ती देखिन सक्छ। सोचेजस्तो गति नआउँदा मन खिन्न हुन सक्छ। अरूको कुरामा बढी भरोसा गर्दा घाटा हुन सक्छ, त्यसैले निर्णय आफ्नै विवेकले गर्नु उपयुक्त हुनेछ। व्यवसाय वा कामका सिलसिलामा छोटो दूरीको यात्रा सम्भावना देखिन्छ। खर्च बढ्न सक्छ तर भविष्यका लागि केही बचत वा लगानीको सोच बनाउने समय हो।
वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज नयाँ अवसरहरूले उत्साह थप्नेछन्। मेहनत अनुसार प्रतिफल पाउने योग छ। अध्ययन, सीप वा ज्ञानसँग सम्बन्धित क्षेत्रमा प्रगति हुनेछ। व्यापार–व्यवसायमा सकारात्मक संकेत देखिन्छ। आज गरिएको सानो प्रयासले भविष्यमा ठूलो उपलब्धि दिलाउन सक्छ। आत्मविश्वास बढ्ने दिन हो।
मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
समय व्यवस्थापन कमजोर हुँदा केही योजना अधुरा रहन सक्छन्। आलोचक र ईर्ष्यालु व्यक्तिहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला। कामको मूल्यांकन भए पनि प्रत्यक्ष लाभ पाउन ढिलाइ हुन सक्छ। आज दीर्घकालीन योजना बनाइ कामको जग हाल्न अनुकूल समय छ।
कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको चाप बढ्नेछ तर अपेक्षित नतिजा तत्काल नआउन सक्छ। अरूको भरमा काम गर्दा धोका हुन सक्ने भएकाले आफ्नै प्रयासलाई प्राथमिकता दिनु राम्रो हुनेछ। सेवामूलक र सामाजिक कामबाट भने सन्तुष्टि मिल्नेछ। गोप्य योजना सार्वजनिक नगर्नु बुद्धिमानी हुनेछ।
सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आत्मविकासका लागि उत्कृष्ट दिन हो। अध्ययन, कला र सिर्जनशील क्षेत्रमा सफलता मिल्नेछ। अघिल्ला कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। कामबाट प्रशंसा र सम्मान प्राप्त हुन सक्छ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। नाम र प्रतिष्ठा बढ्ने संकेत छन्।
कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज रमाइलो वातावरणमा समय बित्नेछ। मिहिनेतको राम्रो परिणाम देखिँदा आत्मविश्वास बढ्नेछ। सहयोगी र शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटघाट लाभदायक बन्न सक्छ। नयाँ काम वा प्रस्तावले उत्साह जगाउनेछ।
तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज केही कुरामा सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ। यात्रा वा स्थान परिवर्तनको योग छ। पुराना मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा सफल हुन सक्छन्। खर्च बढ्न सक्ने भएकाले आर्थिक सन्तुलनमा ध्यान दिनुहोला।
वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मेहनतको उचित फल प्राप्त हुने दिन हो। आम्दानी बढ्ने संकेत छन्। व्यापारमा सुधार देखिनेछ तर अड्किएका रकम असुल हुन समय लाग्न सक्छ। समयमै सजग नहुँदा अरूले तपाईंको श्रमको फाइदा लिन सक्छन्। पुराना समस्या फेरि सताउन सक्छन्।
धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज चुनौतीपूर्ण जिम्मेवारी आउन सक्छ तर समझदारीले समाधान गर्न सकिनेछ। तत्काल असहज देखिए पनि भविष्यमा फाइदा हुने निर्णय गर्नुपर्ने हुन सक्छ। सहयोगीहरूको साथ मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, अत्यधिक सक्रियता हानिकारक हुन सक्छ।
मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको सुरुवात ढिलो भए पनि आशा कायम रहनेछ। साथीभाइको सहयोगले हौसला बढ्नेछ। सामाजिक जिम्मेवारी बढ्न सक्छ। खर्च नियन्त्रण नगरे समस्या आउन सक्छ। दीर्घकालीन योजनामा गरिएको लगानी फलदायी बन्नेछ।
कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर महसुस हुन सक्छ, त्यसैले आराममा ध्यान दिनुहोला। काममा ढिलाइ भए पनि निरन्तर प्रयासले सफलता मिल्नेछ। गोपनीय कुरामा सतर्कता आवश्यक छ। धैर्य राख्दा आर्थिक क्षति जोगाउन सकिनेछ।
मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज कामको चाप केही कम हुनेछ। व्यवसायबाट सामान्य लाभ हुनेछ। नयाँ आयमूलक योजना सुरु हुन सक्छ। परिवार र साथीभाइको साथले मनोबल बढ्नेछ। खर्च बढ्न सक्ने भएकाले आवश्यकतामा मात्र ध्यान दिनुहोला। प्रयास गर्दा आम्दानी बढाउने बाटो खुल्नेछ।



प्रतिकृया दिनुहोस्