सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २२ असोज

रूपन्देही, ओमसतिया गाउँपालिका-१ कटैयास्थित सडकमा लु. प्र.०१-००४ प ३२८५ नम्बरको ईलेक्ट्रिक स्कुटरअनियन्त्रित भई मंगलबार दिउँसो दर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-८ अंचलपुर बस्ने ६१ वर्षीय अमित गरूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

ताप्लेजुङ, सिदिङवा गाउँपालिका-३ आङखोपस्थितसडकमा प्र.१-०१-००१ ज ३४७० नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय लोक बहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको छ । साथैदुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ६ जनाको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ ।

दुर्घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।