जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं, १५ भदौ

भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ दधिकोट तर्खालबस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रूपैयाँ, ३ हजार ७ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-८ बगालेटोल बस्ने ३५वर्षीय लक्ष्मण कुवँरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मण समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।