श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बारा, १९ असार

​आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको हत्या गरेको अभियोगमा कलैया उपमहानगरपालिका-१० मटिअर्वा बस्ने ३५ वर्षीय बच्चा मियाँलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

​बच्चाले घरायसी विवादका कारण दाउ प्रहार गर्दा सहिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।