सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, २२ चैत

​सल्यान, बनगाड कुपिण्डे नगरपालिका-१ बाङगिरास्थित सडकमा नेपालगंजबाट सुर्खेत गोजी बजारतर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०७९० नम्बरको गाडीबाट खसेर गाडीमा सवार सुर्खेत सिम्ता गाउँपालिका-५ बस्ने २८ वर्षीय गणेश बुढाको बिहीबार साँझ मृत्यु भएको छ । गाडीबाट खसेर गम्भीर घाइते भएका उनको मेहेलकुना अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

​सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित सडकमा पकलीबाट चतरातर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ५३०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ मिलन चोक बस्ने ७७ वर्षीया मन माया गिरीकोमृत्यु भएको छ । मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान घोपा अस्पताल धरानमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

​उदयपुर, कटारी नगरपालिका-४ मुसहरी टोलस्थित सडकमा प्रदेश २-०१-००३ प ५४२२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सिन्धुली दुधौली नगरपालिका-५ घारीथुम्सी बस्ने ७१ वर्षीय अमर बहादुर सुनुवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

​सिराहा, गोलबजार नगरपालिका-४ निपानेस्थित सडकमा गोलबजारबाट मनहौरतर्फ जाँदै गरेको प्र.२-०१-००१ प ०२७७नम्बरको मोटरसाइकलको ठक्करबाट साइलयात्रीहरू सोही नगरपालिका-१३ बस्ने ४७ वर्षीय हन्स राज यादव र उनकै नाती ३ वर्षीय सूर्य यादवको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका हन्स राजको प्रादेशिक अस्पताल लहानमा र सूर्यको न्यूरो अस्पतालविराटनगर मोरङमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बर्धमान अस्पताल र मोटरसाइकलमा सवार १ जनाको लाइफ लङ्ग अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)