सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ चंकी क्षेत्री विकासशील देशहरूको बीमक र पुनर्बीमकहरूको संघ (AIRDC) को उपाध्यक्षमा नियुक्त!
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (Salico) का प्रमुख कार्यकारी अधिकृत (CEO) श्री चंकी क्षेत्री विकासशील देशहरूको बीमक र पुनर्बीमकहरूको संघ (AIRDC) को उपाध्यक्ष पदमा नियुक्त हुनुभएको छ। यो सफलता केवल एक व्यक्ति वा संस्थाको मात्र नभई समग्र नेपालको बीमा क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा एक ऐतिहासिक र गौरवशाली उपलब्धि हो।
कडा मेहनत, अटूट लगनशीलता र दुरदर्शी नेतृत्वबिना यस्ता ठूला ग्लोबल माइलस्टोनहरू हासिल गर्न असम्भव हुन्छ। श्री क्षेत्रीको यो नयाँ भूमिकाले नेपालको नेतृत्व क्षमतालाई विश्व मञ्चमा उच्च स्थान दिलाएको छ र यो देशका तमाम युवा तथा व्यवसायीहरूका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ।
जीवनमा जस्तोसुकै कठिन चुनौती आए पनि यदि उद्देश्य स्पष्ट र कर्मप्रति इमानदार भइयो भने सफलताको शिखर चुम्न सकिन्छ भन्ने यो एउटा ज्वलंत उदाहरण हो। यो नयाँ यात्राले उहाँलाई थप उचाइमा पुर्याओस र उहाँको यो प्रेरणादायी सफलताले नेपाललाई सधैं गर्व महसुस गराउँदै रहोस्।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स परिवार र सम्पूर्ण देशवासीतर्फबाट श्री चंकी क्षेत्रीज्यूलाई यो नयाँ कार्यकालको लागि हार्दिक बधाई तथा आगामी दिनहरूको अपार सफलताको लागि शुभकामना!



प्रतिकृया दिनुहोस्